एभरेष्ट कलरको आईपीओ बाँडफाँड सम्पन्न, ७ हजार ९०० आवेदकले पाए १० कित्ता सेयर

एभरेष्ट कलर लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित आईपीओको बाँडफाँड सम्पन्न भएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, २९ बैशाख २०८३, १२:११ PM
फन्ट
एभरेष्ट कलरको आईपीओ बाँडफाँड सम्पन्न, ७ हजार ९०० आवेदकले पाए १० कित्ता सेयर

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित आईपीओको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले मंगलबार बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो।

कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यमा ७९ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा कुल ९० हजार ८५५ जनाको आवेदन परेकोमा ९० हजार ८२० आवेदन योग्य ठहरिएका थिए।

बाँडफाँड विवरणअनुसार कुल ११ लाख ८९ हजार ४५० कित्ताका लागि आवेदन परेको थियो, जुन निष्काशन गरिएको सेयरभन्दा १५.०६ गुणा बढी हो। अत्यधिक आवेदन परेपछि गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो।

बाँडफाँडमा ७ हजार ९०० जना आवेदकले १०–१० कित्ता सेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

उक्त आईपीओ वैशाख १६ गतेदेखि २२ गतेसम्म खुला गरिएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.