म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ
काठमाडौं, १६ फागुन । आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् ।
हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई सिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।
केही दिनअघि शर्मिला वाइबा, हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ की पत्नी सुम्निमा खालिङ र बहिनी गंगा उनी बसेको घरभित्र गएर हातपात गरेका थिए ।
अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए । पवनको पत्नी सुम्निमासँग विवाद चलिरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालदेखि समाचारहरुमा पवन र सुम्निमाको विवादको विषय छताछुल्ल भएको छ । उनीहरुले एक–अर्कालाई विभिन्न आरोप लगाउँदै अन्तवार्ताहरु दिइरहेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.