म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

बुधबार, १६ फाल्गुण २०८०, ५:११ PM
post-image

काठमाडौं, १६ फागुन । आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् ।

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई सिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।

केही दिनअघि शर्मिला वाइबा, हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ की पत्नी सुम्निमा खालिङ र बहिनी गंगा उनी बसेको घरभित्र गएर हातपात गरेका थिए ।

अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए । पवनको पत्नी सुम्निमासँग विवाद चलिरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालदेखि समाचारहरुमा पवन र सुम्निमाको विवादको विषय छताछुल्ल भएको छ । उनीहरुले एक–अर्कालाई विभिन्न आरोप लगाउँदै अन्तवार्ताहरु दिइरहेका छन् ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}