याम्बालिङ हाइड्रोपावरको आईपीओमा पहिलो दिनै ओइरो: ३.४७ लाख आवेदक

याम्बालिङ हाइड्रोपावरको आईपीओमा पहिलो दिनै ३ लाख ४७ हजार २०७ आवेदकले ३९ लाख १८ हजार ९६० कित्ताका लागि आवेदन दिँदा निष्काशन अंकभन्दा करिब २.२५ गुणा (२२४.८४%) माग आइसकेको छ।

Artha Kendra Artha Kendra
बुधबार, १६ बैशाख २०८३, ५:४९ PM
फन्ट
याम्बालिङ हाइड्रोपावरको आईपीओमा पहिलो दिनै ओइरो: ३.४७ लाख आवेदक

काठमाडौं । सिन्धुपाल्चोकमा रहेको ७.२७१ मेगावाट क्षमताको याम्बालिङ हाइड्रोपावर लिमिटेडको साधारण सेयर निष्काशन (आईपीओ) पहिलो दिनदेखि नै निकै तानिएको छ। कम्पनीले वैशाख १६ गते बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो र पहिलो दिनकै केही घन्टामा माग पूर्ति भइसकेको छ।

सीडीएससीले अद्यावधिक गरेको साँझ ५ः०६ बजेको तथ्याङकअनुसार आईपीओमा ३ लाख ४७ हजार २०७ जनाले ३९ लाख १८ हजार ९६० कित्ता शेयरका लागि आवेदन गरिसकेका छन्। यसरी आवेदन परेको रकम रु. ३९ करोड १८ लाख ९६ हजार बराबर भएको छ। याम्बालिङले निष्काशन गरेको १७.४३ लाख कित्तासँग दाँज्दा यो करिब २.२५ गुणा (२२४.८४%) सब्स्क्रिप्शन हो।

कम्पनीले वैशाख १६ गतेबाट १७ करोड ४३ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन थालेको हो। सोहीअनुरुप १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी भएको हो। नेपाल धितोपत्र बोर्डले यसअघि नै निष्काशनको स्वीकृति दिइसकेको थियो।

सर्वसाधारण लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयर प्रणालीमार्फत दिन सकिने व्यवस्था छ।

आईपीओ निष्काशन छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गते बैंकिङ समयपछि बन्द हुनेछ। पहिलो दिनै माग पूरा भइसकेकाले अब रकम तिरेर आवेदन दिएकामध्ये धेरैजसोले समानुपातिक प्रणालीमार्फत मात्र शेयर पाउने सम्भावना छ। उपलब्ध डेटाअनुसार हालसम्मको सब्स्क्रिप्सन रेट २२४.८४% र अनुमानित आवण्टन सम्भाव्यता ५०.२०% रहेको देखिएको छ।

याम्बालिङ हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ। सिन्धुपाल्चोक स्थित ७.२७१ मेगावाटको याम्बालिङ खोला जलविद्युत आयोजना कम्पनीको प्रमुख परियोजना हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.