बिवाइडीको ‘ग्रेट ट्याङ’ ले बेइजिङ अटो शोमा तहल्का: २४ घन्टामै ३० हजार बुकिङ
सन् २०२६ अप्रिल २४ मा भएको ‘बेइजिङ अटो शो २०२६’ ले विश्व अटोमोबाइल जगतलाई एउटा नयाँ झड्का दिएको छ। यसै दिन चिनियाँ इभी निर्माता बिवाइडीले आफ्नो डाइनास्टी सिरिजको नयाँ प्रिमियम एसयूभी ‘ग्रेट ट्याङ’ सार्वजनिक गर्यो।
गाडीको बुकिङ खुला भएको २४ घन्टाभित्रै चिनियाँ ग्राहकहरूले ३० हजार वटाभन्दा बढी अर्डर बुक गरेका छन्। यही आँकडासँगै बिवाइडीले एउटै मोडलमा सबभन्दा छिटो बुकिङ संख्या पुर्याउने नयाँ कीर्तिमान कायम गरेको छ। चिनियाँ बजारमा देखिएको यो उत्साहले प्रिमियम इभीप्रति बढ्दो क्रेज पुष्टि गरेको विश्लेषकहरूको भनाइ छ।
ग्रेट ट्याङ बिवाइडीको ‘डाइनास्टी’ सिरिजअन्तर्गतको सात सिटे एसयूभी हो। यसको लम्बाइ ५,३०२ मिमी (करिब ४.९७ मिटर), चौडाइ १,९९९ मिमी (करिब १.९५ मिटर) र उचाइ १,८०० मिमी (१.७२ मिटर) छ। ३,१३० मिमीको ह्विलबेस ले गाडीभित्र निकै फराकिलो स्पेस उपलब्ध गराएको कम्पनीले बताएको छ। दोस्रो र तेस्रो लहरमा बस्ने यात्रुले बिजनेस क्लासको अनुभव पाउने दाबी कम्पनीले गरेको छ।
यो गाडी बिवाइडीको ‘सुपर इ–प्लेटफर्म’ मा आधारित छ भने ब्याट्रीमा दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ — जसलाई सुरक्षा र ऊर्जा घनत्वको हिसाबले उद्योगकै उत्कृष्ट मानिन्छ।
ग्रेट ट्याङको सबभन्दा ठूलो आकर्षण १००० भोल्टको आर्किटेक्चर हो। यही आर्किटेक्चरको बलमा गाडीले १००० किलोवाटसम्मको फ्ल्यास चार्जिङ सपोर्ट गर्छ। कम्पनीका अनुसार मात्र ५ मिनेटको चार्जमै यसले २०० किलोमिटरभन्दा बढीको रेन्ज दिन सक्छ। भेरियेन्ट अनुसार एक पटकको पूरा चार्जमा करिब ८५० देखि ९५० किलोमिटरसम्म रेन्ज पाइने कम्पनीले जनाएको छ।
केबिनभित्र ‘स्मार्ट हेल्थ इको क्याबिन’ राखिएको छ। ड्यासबोर्डमा तीनवटा ठूला स्क्रिन छन् — एउटा चालकका लागि, एउटा मनोरञ्जनका लागि र एउटा अगाडिको यात्रुका लागि। पछाडिको सिटमा बस्ने यात्रुका लागि छतमा झुन्ड्याइएको छुट्टै इन्टरटेनमेन्ट डिस्प्ले राखिएको छ। फोल्डिङ टेबल, सानो फ्रिज र २७ वटा स्पिकरको प्रिमियम अडियो सिस्टम गाडीका थप आकर्षण हुन्।
गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमीदेखि २५० मिमीसम्म छ। सडकका खाल्डाखुल्डीमा पनि भित्र बस्ने यात्रुले झड्का महसुस नहुने कम्पनीको दाबी छ।
बजारमा प्रवेश गर्दा ग्रेट ट्याङको मूल्य ३६,२०० देखि ४६,४०० अमेरिकी डलरसम्म पर्ने कम्पनीले अनुमान गरेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.