नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७४ करोडको कारोबार

सोमबार, १४ बैशाख २०८३, ३:५३ PM
post-image

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५१ कम्पनिका एक करोड ९ लाख २८ हजार ६१७ कित्ता शेयर ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार १२७ मा कारोबार भएको थियो । 

आज हाइड्रो, लगानी, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, कर्पोरेट विकास बैंक, पाल्पा सिमेन्ट, शिखर पावरको शेयर शेयरमामा सकरात्मक सर्किट लागेको छ ।  त्यस्तै आज सिटी होटलको शेयर १४.९९ प्रतिशतले बढेको छ ।

त्यसैगरी आज सबैभन्दा बढी निफ्रा ग्रिन इनर्जी डिभेन्चारको शेयर १४.०१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको ३० करोड ७४ लाख र अन्खु खोला हाइड्रोको २६ करोड १८ लाख बराबरको कारोबार भएको छ ।

 

 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}