अरुण काबेली पावरलाई १:०.५ अनुपातमा हकप्रद शेयर निष्कासनको पूर्व–स्वीकृति
काठमाडौं । विद्युत् नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई १:०.५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न पूर्व–स्वीकृति प्रदान गरेको छ । आयोगको मिति २०८३/०१/०३ मा बसेको ३०७ औं बैठकको निर्णयानुसार कम्पनीलाई यो स्वीकृति दिइएको हो ।
कम्पनीको हालको चुक्ता पुँजी रु. ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० रहेको छ । १:०.५ अनुपातमा निष्कासन हुने हकप्रद शेयरको कुल रकम रु. १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० बराबर हुने आयोगले जनाएको छ ।
के–के मा खर्च हुन्छ रकम ?
हकप्रद शेयरबाट उठ्ने रु. १९४.७९ करोड मध्ये रु. १०० करोड काबेली बी–१ जलविद्युत् आयोजना निर्माणका क्रममा लिइएको ऋण भुक्तानी गर्न प्रयोग गरिनेछ । बाँकी रु. ९४.७९ करोड भने ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी काबेली इनर्जी लिमिटेडमा लगानी गर्न प्रयोग हुनेछ ।


Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.