स्नो रिभर्सको आईपीओ वैशाख २९ बाट खुला, ७ लाख ७८ हजार कित्ता निष्काशन
सुपर काबेली खोला 'ए' जलविद्युत आयोजनाका प्रवर्द्धक स्नो रिभर्स लिमिटेड ले सर्वसाधारण लगानीकर्ताका लागि वैशाख २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिले छुट्याइएको कोटा बाँडफाँट सकिएपछि अब सर्वसाधारणतर्फ निष्काशन हुन लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बजारमा ल्याउने भएको हो।
आवेदनको हकमा न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन अवधि छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते बन्द हुनेछ।
आईपीओमार्फत पुँजी जुटाइने आयोजना १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला 'ए' जलविद्युत आयोजना हो। सञ्चालनमा रहिसकेको यस आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ कायम भएको छ।
आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै ३१ वर्ष २ महिना बाँकी छ। वित्तीय पाटोबाट हेर्दा साधारण लगानी फिर्ता हुने अवधि (सिम्पल पेब्याक) ८.१७ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि (डिस्काउण्टेड पेब्याक) १५.७७ वर्ष रहेको छ।
स्नो रिभर्स लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेड ले सम्हालेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.