थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चल्न थाल्यो डोजर

शनिबार, १२ बैशाख २०८३, १२:७ PM
post-image

काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ ।

यस अघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका बीच डोजरले घर तथा टहरा भत्काउन शुरु गरेको हो । 

सरकारले आजदेखि सुकुम्बासी बस्ती खाली गराउने यस अघि नै सूचना दिएको थियो भने कैयौं परिवार शुक्रबारनै सो स्थान छोडेर गएका थिए । शनिबार बिहानसम्म पनि धेरै सुकुम्बासी परिवारहरू आफ्ना सामान निकाल्ने क्रममा नै रहेका छन् । केहीले शुक्रबार नै सामान अन्यत्र सारे पनि तत्काल बस्ने ठाउँ नपाएकोले बस्तीमै रहेको बताएका छन् ।

सरकारले बस्ती खाली गराएर सामानको ढुवानी, अशक्त, अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध(वृद्धा र दीर्घरोगीहरूलाई प्राथमिकता दिई उद्धार गरी सुरक्षित तवरबाट तोकिएको पहिलो आश्रयस्थलसम्म वा आवश्यकतानुसार अस्पतालसम्म पुर्‍याउने व्यवस्था मिलाएको बताएको छ । यस कार्यका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक एम्बुलेन्स, मेडिकल टिमसमेतको व्यवस्था गर्ने र सामान ढुवानीका लागि आवश्यक पर्ने सवारी साधन र मानिसहरूलाई सुरक्षित स्थलसम्म लिएर जानका लागि आवश्यक पर्ने सवारी साधनको समेत बन्दोबस्त गृह मन्त्रालयको समन्वयमा गर्ने बताएको छ ।

त्यस्तै बस्तीहरूबाट मानिसहरूलाई पहिलो आश्रयस्थलमा ‌ओसारपसार गरेपछि उक्त स्थलमा खाना, खाजा, पानीको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने र मेडिकल टिमसहितको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय सरकारले गरेको बताएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

1 comment · join the conversation

तह

तपाईं हरु भासा सच्याउनुस त्याे सुकुम्बासि बस्ति हैन सरकारि जग्गा अतिक्रमण गरियेक

·

तपाईं हरु भासा सच्याउनुस त्याे सुकुम्बासि बस्ति हैन सरकारि जग्गा अतिक्रमण गरियेक

}