वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि खुल्ने
६ वैशाख, काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आगामी वैशाख १६ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ खुला गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार कम्पनीले आफ्नो ३० करोड रुपैयाँ जारी पूँजीको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँको ७ लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। सोहीमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको छ।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख २२ गतेसम्म आवेदन दिन पाउनेछन्। यदि सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि वैशाख ३० गतेसम्म थप गरिने जनाइएको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखाहरू तथा ‘मेरो सेयर’ प्रणालीमार्फत सि–आस्बा विधिबाट दिन सकिनेछ।
रेटिङ्गको हिसाबले, केयर रेटिङ्ग्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.