भोलिबाट खुल्दैछ सोपान फर्मास्युटिकल्सको आईपीओ

बुधबार, २ बैशाख २०८३, १:४३ PM
post-image

२ वैशाख, काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले (SOPAN) २०८३ वैशाख ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३४ लाख ७४ हजार ९०० कित्ता शेयर जारी गर्न लागेको हो।

 कम्पनीले जारी पूँजीको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएकोमा पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको हिस्सा बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्काशन गर्न लागिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने आवेदन दिने अन्तिम मिति वैशाख ८ गतेसम्म तोकिएको छ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा अवधि वैशाख १७ गतेसम्म लम्बिन सक्नेछ।

आईपीओको निष्काशन तथा बिक्री व्यवस्थापन एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ भने लगानीकर्ताले ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}