नेप्सेमा आज सामान्य वृद्धि, १५ अर्ब ७५ करोडको कारोबार

सोमबार, ९ चैत २०८२, ४:० PM
post-image

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४२ कम्पनिका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर १५ अर्ब ७५ करोड ६३ लाख १३ हजार ४४० मा कारोबार भएको थियो ।  आज बैंकिंग, विकास बैंक, होटल्स, जीवन बीमा, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, रिलायन्स स्मिनिंग मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रो, भुजुंग हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मनकामना इन्जिनियरिङहाइड्रोको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी सनराइज फर्स्ट म्युचुअल फण्डको शेयर ३.७१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको शेयर ६७ करोड २३ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको शेयर ६० करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}