हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइतबार, ६ फाल्गुण २०८०, ८:४० AM
post-image

फागुन ६ गते आइतबार, हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ नगद लाभांश गरी कुल ५.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि भोलि फागुन ७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज फागुन ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले लाभांश पारित सहितका ऐजेन्डाहरु पारित गर्न फागुन २० गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण आह्वान गरेको छ ।

त्यस्तै गरी, 

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४०७८ प्रतिशत नगद लाभांश गरी कुल ७.९०७८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि फागुन ८ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो भोली फागुन ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक विदा परेकाले आज फागुन ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले लाभांश पारित सहितका ऐजेन्डाहरु पारित गर्न फागुन १८ गते शुक्रबार, होटल क्लासिक सिमरा, बारामा १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}