भ्रष्टाचार मुद्धामा प्रतिकुल बकपत्र गर्ने दुई जनाविरुद्ध मुद्धा दायर
२२ माघ, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा- ४ बस्ने तेज बहादुर तामाङ र सानुकान्छा तामाङ उपर प्रतिकुल बकपत्र गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।
अख्तियारले दुवैविरुद्ध २४ लाख ५० हजार बिगो माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।
भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत समेतले मोही जग्गा दर्ता सम्बन्धी काम गर्न घुस लिएको मुद्धामा दुवैले यस अघि दिएको बयान अदालतमा बकपत्र गर्दा प्रतिकुल बयान दिएको अख्तियारको आरोप छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.