काठमाडौँको बौद्धबाट करोडौंको सुनका गहना चोरी गर्ने पक्राउ

बिहिबार, २२ माघ २०८२, ११:२० AM
post-image

२२ माघ, काठमाडौं । काठमाडौँको बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट सुन तथा चाँदीका गहना चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्ति नेपालगञ्ज घर भएका प्रेम थारु रहेको प्रहरीले जनाएको छ । उनलाई गएराति नागार्जुन नगरपालिकाको महांकाल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले पक्राउ गर्न खोज्दा थारु भाग्न खोजेपछि प्रहरीले एक राउन्ड गोली प्रहार गरेको थियो । गोली खुट्टामा लागेका थारुको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी अनुसन्धानका अनुसार थारु मंगलबार दिउँसो करिब १२ बजे रिन्जी लामाको घरमा प्रवेश गरेका थिए । घरका सदस्यहरू पाँचौँ तला र छतमा घाम तापिरहेको मौका छोपी उनी चौथो तलामा पुगेर ढोका फोडेर ३० तोला सुन, चाँदीका गहना लिएर फरार भएका थिए । उनले करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका गहना चोरी गरेका थिए । 

 

 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}