एपोलो हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति

एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति प्राप्त गरेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, २० माघ २०८२, ५:५४ PM
फन्ट
एपोलो हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति प्राप्त गरेको छ। बोर्डले कम्पनीलाई माघ २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण सेयर जारी गर्न अनुमति दिएको हो।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले पाएको छ। बोर्डको स्वीकृतिसँगै कम्पनीले छिट्टै आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

कम्पनीले ओखलढुंगा र सोलुखुम्बु जिल्लाको सिमानामा अवस्थित बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत प्रणालीमा थप ऊर्जा आपूर्ति हुने अपेक्षा गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.