सरकारी जग्गा निजी व्यक्तिको नाममा गर्ने मालपोतका नासुसहित तीन जनाविरुद्ध मुद्धा
१९ माघ, काठमाडौं । मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत नायव सुब्बा परमानन्द साहसमेत ३ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साबिक ईटरहर्वाकट्टी गाविस-३ मा नेपाल सरकारको नाममा रहेको जग्गा मिलेमतोमा अन्य व्यक्तिको नाममा दर्ता गरी दिएको प्रमाणित भएको भन्दै नायब सुब्बा परमानन्द साह, कम्प्युटर अप्रेटर रविन्द्र कुमार सिंह र राजिव कुमार ठाकुरविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
अख्तियारले उनीहरुविरुद्ध १७ लाख २५ हजार विगो र कानुन अनुसार सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.