रिज लाइन इनर्जीको आईपीओ माघ २८ देखि सर्वसाधारणका लागि खुल्ने
१५ माघ, काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ। कम्पनीले यही माघ २८ गतेदेखि दोस्रो चरणअन्तर्गत साधारण शेयर निष्काशन गर्न लागेको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँट सम्पन्न भइसकेको छ।
नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको २६ लाख ७ हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। सोहीअनुसार ११ लाख ८५ हजार कित्ता शेयर स्थानीय बासिन्दा र १ लाख ४२ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ।
अब बाँकी रहेको सेयरमध्ये २८ हजार ४४० कित्ता कर्मचारीहरूका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिन लागेको हो। यसबाट कम्पनीले ११ करोड ८० लाख २६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
सर्वसाधारणतर्फको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। उक्त निष्काशन छिटोमा फागुन ४ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेमा फागुन १३ गतेसम्म खुला रहनेछ।
आईपीओ प्रयोजनका लागि गरिएको मूल्याङ्कनमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था साथै ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.