सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
१२ माघ, काठमाडौँ । सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज दिउँसो बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटलका अनुसार गोलाप्रथाबाट गरिएको बाँडफाँटमा ८ लाख २० हजार लगानीकर्ताले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। आईपीओमा लक्की नम्बर २ परेको छ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि ८२ लाख कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओमा कुल २५ लाख ७० हजार ४२२ आवेदकबाट ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि आवेदन परेको थियो, जसअनुसार माग ३.८६ गुणा बढी रहेको थियो।