एसएमएस पठाएर प्रदर्शन गर्न बोलाउने सेढाई पक्राउ
३० पुस, काठमाडौं । एसएमएसबाट अनधिकृत रूपमा सन्देश पठाएर प्रदर्शन गर्न उक्साउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले दरबारमार्ग क्षेत्रबाट सेढाईलाई पक्राउ गरेको हो ।
उनले पुस ३० गते प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातनी राज्य बनाउने अभियानका लागि बलुवाटार जाऔँ भन्ने सन्देशसहितको सन्देश नेपाल टेलिकममार्फत लाखौ एसएमएस पठाएका थिए ।
सो एसएमएसको उजुरी टेलिकममा पनि परेपछि टेलिकमले सेवा प्रदायकबाट सन्देश पठाइएको र यसमा आफुहरु संलग्न नभएको जानकारी दिदै यस्तो सन्देश फेरी नपठाउन सचेत गराइएको बताएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.