आशिकाको कुलमानलाई प्रश्न- भाईको ससुरा आफ्नै ससुरा हो कि होइन ?
२२ पुस, काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले ऊर्जामन्त्री कुलमान घिसिङ लक्षित पोष्ट गर्दै समानुपातिक सूचीप्रति अर्को कटाक्ष गरेकी छन् ।
आशिकाले ससुरा बा र भान्जाले नाम फिर्ता लिन नमानेको भन्दै आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा हो कि होइन भन्दै प्रश्न समेत गरेकी छन् । उनले भनेकी छन्- 'भनेपछि ससुरा बा र भान्जाले नाम फिर्ता लिन मानेनन्, आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा होकी होइन ? अनि नाताले आफ्नो भान्जा पर्ने आफ्नो नातेदार हो की होइन ?'
कुलमानले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको समानुपातिक सूचीमा भान्जादेखि ससुरासम्मको नाम राखेको भन्दै चौतर्फी विरोध जारी रहेको छ । चर्को आलोचनापछि कुलमानले सार्बजनिक रुपमा भने ससुरा र भान्जालाई सिफारिस नगरेको बताएका थिए । यद्यपी उनले पार्टी बैठकमा भने गल्ति भएको र सूची सच्याउने बताएका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.