बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लियो

शुक्रबार, १८ पुष २०८२, १०:२१ PM
post-image

१८ पुस, काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ ।

विमान रनवेभन्दा बाहिरको भागमा गएको छ । अहिले स्थानीय र सुरक्षाकर्मिले उद्धारको काम गरिरहेका छन् ।

काठमाडौंबाट भद्रपुर गएको विमान अवतरणका क्रममा रनवेबाट चप्लिएको बताइए पनि विस्तृत विवरण आउन बाँकी छ । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको जानकारी प्राप्त भएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}