रिलायन्स स्पिनिङ मिल्सको आइपीओ बाँडफाँड
१८ पुस, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड भएको छ ।
शुक्रबार गरिएको बाँडफाँडमा १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी रहेको १८ कित्ता शेयर १८ जना लगानीकर्तालाई वितरण गरिएको थियो । जस अनुसार १८ जनाले ५१ कित्ताका दरले शेयर पाएका छन् ।
आवेदन दिएका कुल ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका छन् भने बाँकी १३ हजार ८४२ आवेदन रद्द भएका छन् । अब आवेदन दिएका ५ लाख ६४ हजार ९५१ जनाको हात खालि भएको छ । पुस ७ गतेदेखि ११ गतेसम्म खुलेको आइपीओमा ३३ गुणा बढी आवेदन परेको थियो ।
कम्पनीको शेयर मूल्य आम लगानीकर्ताहरूको लागि प्रति शेयर रु. ८२०.८० का दरले बुक-बिल्डिङ विधि मार्फत आईपीओ जारी गरेको थियो । कम्पनीले ९ लाख २४ हजार ७६८ इकाई शेयर जारी गरेको छ । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।
कम्पनीले यसअघि, एक लाख १५ हजार ५९६ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो । कुल १० लाख ४० हजार ३६४ इकाईमध्ये ५७ हजार ७९८ इकाई म्युचुअल फन्डका लागि छुट्याइएको छ भने ५७ हजार ७९८ इकाई कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । रिलायन्स स्पिनिङ मिल्सले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन प्रबन्धकको रूपमा रहेको छ ।
सर्वोत्तम सिमेन्ट लिमिटेड पछि, यो नेपालमा बुक-बिल्डिङ विधि अन्तर्गत आईपीओ जारी गर्ने दोस्रो कम्पनी बनेको छ । रिलायन्स स्पिनिङ मिल्स प्रालि २०५१ सालमा कम्पनी रजिस्ट्रारमा दर्ता भएको र हाल ४३ सय भन्दा बढी कर्मचारीहरू सहित संचालनमा रहेको छ । कम्पनीको सुनसरीको खनार र सुनसरीको दुहबीमा दुई उत्पादन एकाइ रहेको रिलायन्स स्पिनिङ मिल्स देशको आफ्नो प्रकारको सबैभन्दा ठूलो कम्पनि हो । कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पलिएस्टर, भिस्कस र एक्रिलिक धागो उत्पादन गर्छ जुन त्यसपछि विश्वव्यापी रूपमा मुख्यतया भारत र टर्कीमा निर्यात गरिन्छ ।