विधिभन्दा बाहिर परेका समानुपातिक नाम काटिन्छन् : रवि लामिछाने

बुधबार, १६ पुष २०८२, ३:७ PM
post-image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विधिभन्दा बाहिर परेका समानुपातिक उम्मेदवारको नाम सूचीबाट हटाइने बताएका छन्। पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले समय अभावका कारण समानुपातिक सूची तयार गर्दा सबै पक्षलाई पर्याप्त रूपमा हेर्न नसकिएको स्वीकार गरे।

उनले भने, “पर्न नहुने मान्छे परेका रहेछन्। कुनै पनि हिसाबले विधिभन्दा बाहिर देखिए भने त्यस्ता नाम काटिन्छन्। त्यसका लागि मैले निर्देशन दिइसकेको छु।” लामिछानेले रास्वपाले सधैं विधिलाई प्राथमिकता दिने स्पष्ट पारे। “विधिमा कुनै समस्या छैन भनेर म भन्दिनँ। केही समस्या छन्, त्यसलाई समाधान गर्छौं र सम्भव भएसम्म न्यूनिकरण गर्छौं,” उनले भने।

पार्टीले बढीभन्दा बढी सच्याउने दिशामा काम गरिरहेको उल्लेख गर्दै उनले अझै समय बाँकी रहेकाले समानुपातिक सूचीमा आवश्यक सुधार गरिने बताए। “हामी सच्याउने प्रक्रियामै छौं। यो सच्चिन्छ, किनभने अझै समय बाँकी छ,” लामिछानेले भने।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}