रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्रीमा अघि सार्ने, आफू पार्टी सभापति रहने तयारी
केही दिनदेखि छलफलमा रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सहकार्य हुने संकेत देखिएको छ।
स्रोतका अनुसार आगामी निर्वाचनपछि बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने र पार्टीको नेतृत्व रवि लामिछानेले गर्ने सहमतितर्फ दुवै पक्ष नजिक पुगेका छन्। यसअघि बालेन र रविबीच भागबन्डा नमिल्दा छलफल निष्कर्षमा पुग्न सकेको थिएन। तर आज निर्णायक निष्कर्ष निकाल्ने गरी छलफलको तयारी भएको बताइएको छ।
बालेन पक्षका व्यक्तिहरूलाई पनि सहभागी गराउँदै समानुपातिक कोटाको बाँडफाँट गर्ने तयारी भइरहेको छ। वैकल्पिक राजनीतिक शक्तिहरूको मोर्चाबन्दीको तयारी भइरहेका बेला ऊर्जा मन्त्री कुलमान घिसिङ, रवि लामिछाने र बालेन्द्र शाहबीच त्रिपक्षीय भेटघाटको तयारीसमेत भइरहेको स्रोतको दाबी छ। रवि लामिछानेसँग दुई चरणको एकल छलफलपछि रवि र बालेन एउटै मोर्चामा उभिने सहमतिनजिक पुगेको बताइएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.