नेपाल टेलिकमले सेयरधनीलाई ५ अर्ब ४० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने

नेपाल टेलिकम ले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Artha Kendra Artha Kendra
बुधबार, ९ पुष २०८२, १२:२८ PM
फन्ट
नेपाल टेलिकमले सेयरधनीलाई ५ अर्ब ४० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने योजना बनाएको हो।

हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने ३० प्रतिशत दरले लाभांश वितरण गर्दा ५ अर्ब ४० करोड रुपैयाँ सेयरधनीहरुलाई वितरण हुने अनुमान गरिएको छ।

घोषित लाभांश अन्तिम रूपमा पारित गर्न कम्पनीले पुस ३० गते १८औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा लाभांशसँगै आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा अन्य आर्थिक र वित्तीय प्रतिवेदनहरु पनि पारित गरिनेछन्।

लाभांश वितरण र साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। लाभांश अर्थ मन्त्रालयको स्वीकृति प्राप्त भएपछिमात्र सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.