जेन्जी र स्थानीयबासीको नाममा निशुल्क सेयर माग्न थालेपछि हाइड्रो कम्पनी हैरान

शुक्रबार, ४ पुष २०८२, ३:४७ PM
post-image

जेन्जी र स्थानीयबासीको नाममा जलविद्युत आयोजनाहरुमा निःशुल्क शेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरु हैरान हुन थालेका छन्।

 ऊर्जा आयोजनाहरुले नेपाल सरकारको कानून अनुसार स्थानीयबासीलाई १० प्रतिशत शेयर जारी गर्ने तथा सरकारले तोके अनुसारको रोयल्टी बुझाउने गरेपनि पछिल्लो समयमा जेनजी र स्थानीयबासीको नाममा निःशुल्क सेयर र करोडौ रकम माग्न थालेपछि ऊर्जाका लगानीकर्ताहरु हैरान भएका हुन्।

उनीहरुले निःशुल्क शेयरसँगै खोलानाला र सरकारी जग्गा उपयोग गरे वापत स्थानीयबासीलाई करोडौ रुपमा दिनुपर्ने लगायतका मागहरु समेत राख्न थालेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की कानूनमा कतै उल्लेख नभएको र लगानीकर्ताहरुले दिनै नसक्ने निःशुल्क सेयर र रकम मागेर पछिल्लो समयमा स्थानीयबासी र जेनजीको नाममा आयोजना निर्माणमा अवरोध हुने गरी गतिविधिहरु हुन थालेकोले निजी क्षेत्र थप चिन्तित भएको बताउँछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}