तोलामै २२ सय रुपैयाँ बढ्यो सुन, प्रतितोला २ लाख ५८ हजार कायम

तोलामै २२ सय रुपैयाँ बढ्यो सुन, प्रतितोला २ लाख ५८ हजार कायम

Artha Kendra Artha Kendra
आइतबार, २८ मंसिर २०८२, १२:५४ PM
फन्ट
तोलामै २२ सय रुपैयाँ बढ्यो सुन,  प्रतितोला २ लाख ५८ हजार कायम

आज आइतबार सुनको भाउ नयाँ उचाईमा पुगेको छ। शुक्रबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २१ हजार ८ सय ८० रुपैयाँ तोकिएको छ। आज नेपाली बजारमा कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो। आज चाँदीको भाउ भने घटेको छ।

आज चाँदी तोलामा ८० रुपैयाँले घटेर प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा आइपुगेको छ। आज १० ग्राम चाँदीको भाउ ३ हजार २ सय ७९ रुपैयाँ ५० पैसा तोकिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.