सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित चार जनाविरुद्ध मुद्धा दायर

सोमबार, २२ मंसिर २०८२, २:१५ PM
post-image

२२ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईसमेत ४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले समुहको खाताबाट आफूखुशी रकम निकालेर खर्च गरेको आरोपमा वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाई, कोषाध्यक्ष धनसरी राना, तत्कालीन सचिव राम कुमारी राना र दर्तावाल लेखापरीक्षक भोजराज शर्मा पाण्डेविरुद्ध ९ लाख ६५ हजार ८७३ रकम दुरुपयोग गरेको भन्दै बिगो र कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।a

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}