कान्ति राजमार्ग ६० दिनका लागि दैनिक ६ घण्टा बन्द हुने

बिहिबार, १८ मंसिर २०८२, १:१० PM
post-image

१८ मंसिर, काठमाडौं । कान्ति राजमार्गको यातायात मङ्सिर २० गतेदेखि ६० दिनसम्मका लागि दैनिक बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि दुई महिना (६० दिन) सम्म दैनिक ६ घण्टा (बिहान ११ बजेदेखि अपरान्ह ५) बजेसम्म सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।

यस अवधिभर यात्रु तथा सवारी चालकहरूलाई पर्न सक्ने असुविधालाई ध्यानमा राखेर वैकल्पिक मार्गहरू प्रयोग गर्न अनुरोध गरिएको छ ।

Single Image

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}