सोलु हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सोलु हाइड्रोपावर लिमिटेडले आज (मंसिर ७ गते) देखि पहिलो चरणको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

Artha Kendra Artha Kendra
आइतबार, ७ मंसिर २०८२, ११:७ AM
फन्ट
सोलु हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

७ मंसिर, काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले (SOLU) आज (मंसिर ७ गते) देखि पहिलो चरणको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यस चरणमा कम्पनीले आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयवासी तथा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर खुला गरेको हो।

कम्पनीलाई जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता सेयर निष्काशन गर्न अनुमति छ। पहिलो चरणमा १ अर्ब रुपैयाँ बराबरका १ करोड कित्ता स्थानीयका लागि छुट्याइएको छ।
यसमा —

  • ४० लाख कित्ता सोलु दूधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का अति प्रभावित स्थानीयका लागि,

  • ६० लाख कित्ता सोलु दूधकुण्ड नगरपालिका तथा थुलुङ दूधकोशीका अन्य वडाका स्थानीयका लागि छ।

स्थानीयले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन मंसिर २१ गतेसम्म खुला रहनेछ भने माग अनुसार आवेदन नपरे स्थानीयका लागि मिति पुस ७ गतेसम्म थपिनेछ।

यस्तै, १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ, जसमा पनि १० देखि १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। वैदेशिक रोजगारी समूहका लागि आवेदन मंसिर १० गतेसम्म खुला रहनेछ।

आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ् रहेको छ। स्थानीयले सोलुखुम्बु स्थित ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक तथा आयोजनास्थल तिङ्गलाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारी समूहले सी–आश्वा सदस्य बैंक तथा मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनी हाल ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको कुल लागत करिब १६ अर्ब ३० करोड रुपैयाँ छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.