विज्ञापन प्रकाशित गर्दा अनियमितता गरेको आरोपमा डिभिजन प्रमुखसहित चार जनाविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया डिभिजन बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादवसमेत ४ जना  र सान्दर्भिक मिडिया नेटवर्कविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

Artha Kendra Artha Kendra
आइतबार, ३० कार्तिक २०८२, ४:५३ PM
फन्ट
विज्ञापन प्रकाशित गर्दा अनियमितता गरेको आरोपमा डिभिजन प्रमुखसहित चार जनाविरुद्ध मुद्धा दायर

३० कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया डिभिजन बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादवसमेत ४ जना  र सान्दर्भिक मिडिया नेटवर्कविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले डिभिजनको विज्ञापन प्रकाशित गर्दा मिलोमतोमा लुकाएर अनिमियता गरेको भन्दै डिभिजन प्रमुख किशोरी प्रसाद यादव र लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क तथा उक्त कम्पनीको प्रबन्धक निसान्त सिग्देल र प्रभाव पब्लिकेशनका बजार प्रबन्धक सन्तोषराज खरेलविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले उनीहरुविरुद्ध ३ लाख १६ हजार ५७० बिगो तोकेर कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.