पूर्वमन्त्री दिपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गामा काठमाडौं महानगरले डोजर चलाएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २७ कार्तिक २०८२, १२:३ PM
फन्ट
पूर्वमन्त्री दिपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

२७ कात्तिक, काठमाडौं । पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गामा काठमाडौं महानगरले डोजर चलाएको छ।

नेपाल स्काउटले गत बिहीबार खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अल्टिमेटम दिएको थियो । 

 जिल्ला प्रशासन कार्यालयबाट मुचुल्का गरी सिलबन्दी गरिए पनि खड्का ल्यान्डले भोगचलन गरेपछि सात दिनको समय दिएर बक्यौता तिर्न अल्टिमेटम दिइएको थियो ।

नेपाल स्काउट र खड्काल्याण्ड डेभलपण्ट प्रालिबीच २०६५ सालमा ३ रोपनी जग्गा (हाल लैनचौर बैक्वट सञ्चालन भइरहेको स्थान) १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराइएको थियो ।

सम्झौता सकिएको लामो समयसम्म पनि उक्त कम्पनीले भाडा तिरेको थिएन ।  

स्काउटले राष्ट्रपति, प्रधानमन्त्री, संसददेखि काठमाडौँ महानगरपालिकासम्म पत्राचार गर्दै जग्गा खाली गराउन सहयोग मागेको थियो । स्काउटका अनुसार २०७५ सालसम्म नियमित भाडा तिरेका खड्काले त्यसपछि जग्गा र भवन उपयोग गरिरहे पनि भाडा तिर्न आनाकानी गरिरहेका थिए । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.