साहस ऊर्जाको लाभांश घोषणा, बोनस र नगद कति ?

साहस उर्जा कम्पनी लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, २५ कार्तिक २०८२, १२:३१ PM
फन्ट
साहस ऊर्जाको लाभांश घोषणा, बोनस र नगद कति ?

२५ कात्तिक, काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले २१ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने कर तिर्नका लागि १.1053 प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।

लाभांशसँगै कम्पनीले हकप्रद शेयर जारी गर्ने विषयमा पनि संशोधित निर्णय ल्याएको छ। यसअन्तर्गत, बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीकाे १:१ अनुपातमा हकप्रद शेयर जारी गरिनेछ।

बोनसपछि कम्पनीको चुक्ता पूँजी करिब ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुग्नेछ, जसअनुसार करिब ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद शेयर बजारमा ल्याइनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.