स्वस्तिक लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ७७ हजार ५०० कित्ता सेयर सूचीकृत गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, २४ कार्तिक २०८२, ६:२३ PM
फन्ट
स्वस्तिक लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ्ग रेञ्ज ?

२४ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ७७ हजार ५०० कित्ता सेयर सूचीकृत गरेको छ। सूचीकृत सेयरमध्ये २ लाख ३१ हजार कित्ता सर्वसाधारणलाई वितरण गरिएको हिस्सा हो भने ३ लाख ४६ हजार ५०० कित्ता संस्थापक सेयरधनीहरुको लगानी हो।

नेप्सेले कम्पनीलाई SWASTIK स्टक टिकर प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले १७१ रुपैयाँ ७८ पैसा देखि ५१५ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज निर्धारण गरेको छ। सोही रेञ्जमा भोलि कात्तिक २५ गते, मंगलबार स्पेशल प्रि-अोपन सेसनमार्फत पहिलो कारोबार सुरु हुनेछ, जसपछिको दिनदेखि नियमित दोस्रो बजारमा सेयर कारोबार हुनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.