एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज कात्तिक २३ गते अन्तिम दिन भएको छ।

Artha Kendra Artha Kendra
आइतबार, २३ कार्तिक २०८२, १२:२२ PM
फन्ट
एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२३ कात्तिक, काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज कात्तिक २३ गते अन्तिम दिन भएको छ। कम्पनीले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्री खुला गरेको हो। आवेदकले कम्तीमा १० कित्तादेखि बढीमा ५० हजार कित्तासम्म आवेदन दिन सक्छन्।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि कोटा छुट्याईसेकेको छ। कुल जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँमध्ये ४० प्रतिशत आईपीओका लागि निष्काशन गरिएको हो।

सीडीएससीका अनुसार शनिबार बेलुकासम्म १६ लाख ८३ हजार २६२ जनाले १ करोड ९६ लाख ५ हजार ९४० कित्ताका लागि आवेदन दिइसकेका छन्, जुन निष्काशित सेयरभन्दा झन्डै ४.८० गुणा बढी हो। आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.