काठमाडौँ उपत्यकाको खानेपानी वितरण अवरुद्ध

हेलम्बुका स्थानीयवासीले मेलम्ची खानेपानी आयोजनाबाट पानी पथान्तरण पूर्ण रूपमा बन्द गरेपछि काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रभावित भएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, २१ कार्तिक २०८२, ११:१६ AM
फन्ट
काठमाडौँ उपत्यकाको खानेपानी वितरण अवरुद्ध

२१ कात्तिक, काठमाडौं। हेलम्बुका स्थानीयवासीले मेलम्ची खानेपानी आयोजनाबाट पानी पथान्तरण पूर्ण रूपमा बन्द गरेपछि काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रभावित भएको छ। पटक–पटकको आन्दोलनपछि भएका सहमति कार्यान्वयन नभएको आरोप गर्दै उनीहरूले बिहीबारदेखि माग पूरा नहुन्जेल पानी पथान्तरण रोकेका हुन्।

पानी आपूर्ति रोकिएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको पानी वितरण अवरुद्ध भएको जानकारी दिएको छ। मेलम्ची मुहानमै आपूर्ति अवरुद्ध भएकाले अर्को सूचना नआएसम्म पानी वितरण ठप्प रहने केयूकेएलले जनाएको छ।

स्थानीयले १३ महिनाअघि तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्। गत असोज २२ गते मेलम्ची बाढीपीडित र सरकारी तथा सरोकारवाला पक्षबीच छिटो र दीर्घकालीन माग पूरा गर्ने सहमति भएको थियो।

त्यस सहमतिअनुसार मेलम्ची–हेलम्बुबाट सुन्दरीजलमा पुग्ने पानीको परिमाणका आधारमा केयूकेएलले गर्ने बिक्री मूल्यको २५ प्रतिशत रकम हेलम्बु गाउँपालिकाको विकासका लागि छुट्याउने, ‘हेलम्बु–मेलम्ची एकीकृत जलाधार तथा क्षेत्र विकास परियोजना’ गठन गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाउने लगायतका व्यवस्था थियो।

तर स्थानीयले यी मागहरू आजसम्म पनि कार्यान्वयन नभएको आरोप लगाएका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.