एसवाई प्यानलको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने,

एसवाई प्यानलको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने

Artha Kendra Artha Kendra
बुधबार, १९ कार्तिक २०८२, ९:७ AM
फन्ट
 एसवाई प्यानलको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने,

१९ कात्तिक, काठमाडौं । एसवाई प्यानल लिमिटेडले आज कार्तिक १९ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आम सर्वसाधारणलाई ४० लाख ७६ हजार १ सय ५६ कित्ता शेयर निष्काशन गरेको हो।

यस निष्काशनमा कार्तिक २३ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि शेयर निष्काशन गरिसकेको छ। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.