सप्तरीबाट स्रोत नखुलेको नगदसहित पक्राउ

सप्तरीको सुरूङगा नगरपालिका-२ स्थित सडकबाट स्रोत नखुलेको नगद २३ लाख रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Artha Kendra Artha Kendra
सोमबार, १७ कार्तिक २०८२, १:६ PM
फन्ट
सप्तरीबाट स्रोत नखुलेको नगदसहित पक्राउ

सप्तरी । सप्तरीको सुरूङगा नगरपालिका-२ स्थित सडकबाट स्रोत नखुलेको नगद २३ लाख रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-५ बस्ने २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाइ रहेका छन् ।

इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बा.प्रदेश ०१-०२८ च ५००८ नम्बरको  पिकअप गाडी जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक किरण र गाडीमा सवार धिरजलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.