महालक्ष्मी विकास बैंकको १०.३७ प्रतिशत लाभांश घोषणा

सोमबार, १७ कार्तिक २०८२, १२:५८ PM
post-image

महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कार्तिक १७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.३७ प्रतिशत नगद लाभांश गरि कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६४ लाख रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}