नर्सहरुको आन्दोलन जारी रहने

नेपाल नर्सिङ संघ सरकारले गरेको सहमतिबाट पछि हट्दै आफ्ना आन्दोलनका कार्यक्रमहरू पूर्वनिर्धारित योजनाअनुसार अघि बढाउने घोषणा गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, १७ कार्तिक २०८२, ९:१८ AM
फन्ट
नर्सहरुको आन्दोलन जारी रहने

काठमाडौँ । नेपाल नर्सिङ संघ सरकारले गरेको सहमतिबाट पछि हट्दै आफ्ना आन्दोलनका कार्यक्रमहरू पूर्वनिर्धारित योजनाअनुसार अघि बढाउने घोषणा गरेको छ। संघले ४८ घण्टाभित्र आफ्ना माग पूरा नभए देशभरका सरकारी, निजी, गैरसरकारी, मेडिकल कलेज र प्रतिष्ठानमा अत्यावश्यक सेवाबाहेक सबै नर्सिङ सेवा बन्द गर्ने चेतावनी दिएको छ।

संघका अनुसार स्वास्थ्य मन्त्रालयले गठन गरेको कार्यदलको निर्णयमा सरकारी सरह न्यूनतम पारिश्रमिक र सेवा–सुविधा सुनिश्चित गर्ने भन्ने सहमति भए पनि अन्य बुँदामा असहमति कायम रहेको कारण आन्दोलन जारी राखिएको हो।

नर्सिङ संघले आन्दोलनमा सहभागी नर्सहरूलाई कुनै पनि प्रकारको दबाब, प्रभाव, डर, त्रास वा धम्की नदिन सम्बन्धित पक्षहरूलाई चेतावनी दिएको छ। साथै, आन्दोलनका कारण बिरामीहरूलाई पर्न सक्ने असुविधा र असरबारे क्षमायाचना गर्दै, यसबाट उत्पन्न हुने परिस्थिति र जिम्मेवारी नेपाल सरकार र सम्बन्धित स्वास्थ्य संस्थाले वहन गर्नुपर्ने स्पष्ट गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.