दैनिक एक हजार मात्र राहदानी वितरण गरिने

सोमबार, १७ कार्तिक २०८२, ९:१ AM
post-image

काठमाडौँ । राहदानी विभागले अब दैनिक एक हजार मात्र राहदानी वितरण गर्ने व्यवस्था गरेको छ। विभागका अनुसार आजदेखि साँझ ५ बजेदेखि, सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक, प्रत्येक दिनका लागि एक हजार जनालाई अपोइन्टमेन्ट स्लट खोलिने छ।

विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ कम्पनीसँग २०८२ साउनमा खरिद सम्झौता गरिसकेको जानकारी दिएको छ। सम्झौताअनुसार नयाँ पूर्वाधार तथा प्रणाली निर्माणको काम भइरहेको र २०८२ फागुन ११ गतेदेखि नयाँ राहदानी सेवा सुरु हुने जनाएको छ।

तर, नयाँ र पुराना आपूर्तिकर्ताबीच हुने ह्याण्डओभर–टेकओभरको प्रक्रिया, सीमित राहदानी पुस्तिका, र सेवाग्राहीको बढी मागका कारण हाल केही वितरणमा समस्या देखिएको विभागको भनाइ छ। त्यसका बावजुद, राहदानीको अभाव नहोस् भन्ने उद्देश्यले आवश्यक पहल भइरहेका विभागले स्पष्ट पारेको छ।

यस्तै, अर्को सूचना नआएसम्मका लागि विभागले अत्यावश्यक सेवाग्राहीहरूलाई मात्र आवेदन दिन अनुरोध गरेको छ। साथै, राहदानीका विषयमा अनधिकृत व्यक्तिहरूको भर नपर्न, ठगीबाट सावधान रहन, र कुनै जिज्ञासा वा गुनासो भएमा प्रत्यक्ष विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}