चौधरी ग्रुपले बिकाजीसँग मिलेर नयाँ उद्योग खोल्दै, ५० करोड लगानी गर्ने

शुक्रबार, १४ कार्तिक २०८२, २:४७ PM
post-image

राजनीतिक अन्योल, आर्थिक मन्दी र निजी क्षेत्रले सामना गरिरहेको कठिन परिस्थितीबीच नेपालका अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले नयाँ उद्योग खोल्न लागेको छ।

भारतको प्रसिद्ध स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल सँगको साझेदारीमा चौधरी ग्रुपले नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा ‘बिकाजी स्न्याक्स फ्याक्ट्री’को शिलान्यास गरेको हो। बुधबार सम्पन्न भूमिपूजन समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशक वरुण चौधरी र जनप्रतिनिधि उपस्थिति थिए। यो

उद्योग स्थापनाले नेपाललाई आयात–निर्भर देशबाट आत्मनिर्भर खाद्य उत्पादक देशतर्फ अघि बढाउने अवसर प्रदान गर्ने चौधरी ग्रुपले जनाएको छ। पहिलो चरणमै करिब ५० करोड रुपैयाँ लगानी हुने यो उद्योगले देशभरका युवाहरूका लागि ४०० भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ। उद्योगमा भुजिया, नमकिन लगायत बिकाजीका स्न्याक्सहरू नेपालमै उत्पादन गरिने छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}