सुनको भाउ बढ्यो, प्रतितोला २७ सय बढेर २ लाख ३९ हजार कायम

सुनको मुल्य आज बढेको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, १४ कार्तिक २०८२, ११:४१ AM
फन्ट
सुनको भाउ बढ्यो, प्रतितोला २७ सय बढेर २ लाख ३९ हजार कायम

आज शुक्रबार सुनको भाउ बढेको छ। बिहिबार प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार रुपैयाँ पुगेको छ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४ हजार ९ सय ५ रुपैयाँ तोकिएको छ। आज चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ६ हजार ६० रुपैयाँ पुगेको छ। आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय २३ रुपैयाँ ५० पैसा तोकिएको छ।

यसअघि घट्न थालेको सुनचाँदीको भाउ फेरि उकालो लाग्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा निरन्तर घटिरहेको सुनको भाउ बिहिबारबाट बढ्न थालेको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.