सुनको भाउ बढ्यो, प्रतितोला २७ सय बढेर २ लाख ३९ हजार कायम
आज शुक्रबार सुनको भाउ बढेको छ। बिहिबार प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार रुपैयाँ पुगेको छ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४ हजार ९ सय ५ रुपैयाँ तोकिएको छ। आज चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ६ हजार ६० रुपैयाँ पुगेको छ। आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय २३ रुपैयाँ ५० पैसा तोकिएको छ।
यसअघि घट्न थालेको सुनचाँदीको भाउ फेरि उकालो लाग्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा निरन्तर घटिरहेको सुनको भाउ बिहिबारबाट बढ्न थालेको हो।