सोल्टी होटेल लिमिटेडको लाभांश घोषणा,

बुधबार, १२ कार्तिक २०८२, १२:२४ PM
post-image

सोल्टी होटेल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक ११ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत गरि १६.५७८९ प्रतिशत नगद लाभांश गरि कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। कम्पनीले मङ्सिर २८ गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभाको लागि मङ्सिर ५ देखि बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड १८ लाख रुपैयाँ रहेको छ। 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}