सर्वोच्चसहित देशभरका अदालतहरू आजदेखि खुला

दशैं बिदापछि सर्वोच्च अदालतसहित देशभरका सबै अदालतहरू आजदेखि खुलेका छन्।

Artha Kendra Artha Kendra
मंगलबार, २१ असोज २०८२, १२:८ PM
फन्ट
सर्वोच्चसहित देशभरका अदालतहरू आजदेखि खुला

काठमाडौं, २१ असोज। दशैं बिदापछि सर्वोच्च अदालतसहित देशभरका सबै अदालतहरू आजदेखि खुलेका छन्। घटस्थापनाको दिनदेखि बन्द रहेका अदालतहरूले लामो बिदापछि पुनः कामकाज सुरु गरेका हुन्।

जेनजी आन्दोलन र त्यसपछिका प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण सर्वोच्च, विशेष र जिल्लासहितका अदालतहरूमा क्षति पुगेको थियो। त्यसपश्चात केही अत्यावश्यक कामहरू भने सर्वोच्चले बिदा अवधिमै सञ्चालन गर्दै आएको थियो।

बिदा सुरु हुनु अघि अदालतले अपराध अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राख्ने म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पुर्जी स्वीकृति, पक्राउ पुर्जी अनुमति, बन्दी प्रत्यक्षीकरणको निवेदन, अभियोग पत्रसहित उपस्थित गराइएका प्रतिवादीहरूको बयान लिने र थुनछेक गर्ने गरी ६ प्रकारका कार्य सञ्चालन गर्दै आएको थियो।

अब बिदा सकिएसँगै अदालतहरूले दर्ता विवाह, अधिकृत वारेसनामा, मृत्युको न्यायिक घोषणा, संरक्षक नियुक्तिविशेष प्रकृतिका निवेदनहरूको दर्ता तथा कारबाही सम्बन्धी ५ नयाँ सेवा थप गरेका छन्। सर्वोच्च अदालतले जारी गरेको सूचनामा यी सेवाहरू आजदेखि सुरु भएको उल्लेख गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.