एसवाई प्यानल नेपालको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन दिने आज अन्तिम दिन

 एसवाई प्यानल नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज (असोज १० गते) रहेको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, १० असोज २०८२, १०:५० AM
फन्ट
एसवाई प्यानल नेपालको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १० असोज। एसवाई प्यानल नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज (असोज १० गते) रहेको छ।

कम्पनीले कुल जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँमध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो।

यस मध्ये, ४ लाख ९७ हजार ९२ कित्ता शेयर (४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबर) विशेष रुपमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

आईपीओ निष्काशनको लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

यो आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयहरूबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.