गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश घोषणा

बिहिबार, ९ असोज २०८२, १२:३७ PM
post-image

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशसहित कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनी सचिव भेषबहादुर बस्नेतका अनुसार गुराँस लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ५८ लाख ४९ हजार ५ सय रुपैयाँ रहेको छ। सो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}