झापा इनर्जीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि भदौ २० देखि ३० गतेसम्म निष्काशन गरेको आईपीओको बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार, ४७,३२७ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता सेयर प्राप्त गरेका छन्।
कम्पनीले कुल ९,५०,४७५ कित्ता सेयर निष्काशन गरेको थियो, जसमा आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै कोटा तय गरिएको थियो।
📲 नतिजा हेर्नका लागि:
- हिमालयन क्यापिटल लिमिटेडको वेबसाइट
-
सीडीएससीको IPO रिजल्ट पोर्टल
-
मेरोसेयर एकाउन्ट प्रयोग गर्न सकिन्छ।