झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

झापा इनर्जी लिमिटेड (JEL) ले भदौ २० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन तथा बिक्री खुला गरेको थियो।

Artha Kendra Artha Kendra
मंगलबार, २४ भदौ २०८२, ११:० AM
—
फन्ट
झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

झापा इनर्जी लिमिटेड (JEL) ले भदौ २० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन तथा बिक्री खुला गरेको थियो। सो आईपीओमा आवेदन दिने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले यस चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ लाख ७३ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन गरेको हो, जसको कुल मूल्य ४ करोड ७३ लाख ३३ हजार ६ सय रुपैयाँ हुन्छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता स्थानीयलाई र ५७ हजार २९ कित्ता विदेशमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिएको थियो।

अब दोस्रो चरणमा सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याइ बाँकी शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिन्छ।

यस निष्काशनमा छिटोमा भदौ २४ गतेमै बन्द हुने वा अत्यधिक आवेदन नपुगे ढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सकिनेछ।

इक्रा नेपाल ले झापा इनर्जीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीले १० मेगावाट क्षमताको ग्रीडमा आबद्ध सौर्य विद्युत आयोजना सञ्चालन गरिरहेको छ, जसको कुल अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ।

यस आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालय वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.