सागर डिष्टिलरीको आईपीओ आवेदन म्याद थप

सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (IPO) मा आवेदन दिने समय थप गरिएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २ असोज २०८२, ९:२६ AM
फन्ट
सागर डिष्टिलरीको आईपीओ आवेदन म्याद थप

सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (IPO) मा आवेदन दिने समय असोज ५ गतेसम्म थप गरिएको छ। कम्पनीले भदौ ३० गतेदेखि बिक्री खुला गरेको आईपीओमा अब लगानीकर्ताले थप 3 दिन आवेदन दिन सक्नेछन्।

कम्पनीले ७२ करोड ६० लाख रुपैयाँको जारी पुँजीको २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको हो। यसमध्ये:

  • १०% (१,४५,२०० कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि

  • ५% (७२,६०० कित्ता) सामूहिक लगानी कोषका लागि

  • ४३,५६० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ

सर्वसाधारणका लागि भने ११ लाख ९० हजार ६४० कित्ता सेयर उपलब्ध गराइएको छ, जसको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ताअधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यस आईपीओको धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ, जसले सम्पूर्ण प्रक्रिया व्यवस्थापन गर्नेछ।

More Details Here

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.